दफा २८
पहिलेका ऐनहरूको व्याख्या
(१) सम्वत् २००७ साल फाल्गुण ७ गते अघि बनेको कुनै नेपाल कानूनमा श्री ३ महाराज, मुख्तियार वा तालुकवालालाई बुझाउने शब्दहरूले,
सम्वत् २००७ साल फाल्गुण ७ गते उप्रान्त गरिएको वा गरिने कुनै काम कारवाईमा नेपाल सरकारलाई भनेको सम्झनु पर्छ ।
१(क) सम्वत् २००७ साल फागुन ७ गतेदेखि सम्वत् २०६३ साल जेठ ३ गतेसम्म बनेको कानून, नेपाल पक्ष बनेको सन्धि, सम्झौता वा भए गरेका अन्य काम कारबाहीका सम्बन्धमा श्री ५ को सरकार जनाउने शब्दहरूले सम्वत् २०६३ साल जेठ ४ गते उप्रान्त नेपाल सरकारलाई जनाउनेछ ।
(२) विषय वा प्रसंगबाट अर्कै कुरा गर्नुपर्ने आवश्यक नदेखिएमा सम्वत् २००७ साल फाल्गुण ७ गते अघि बनेका नेपाल कानूनको व्याख्यामा यस ऐनका दफा ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २१ लागू हुनेछन्।